६१ जिल्लामा पुग्यो डेंगु, पहाड हुँदै डेंगु हिमाल उक्लियो

  • प्रकाशित मिति : २०८१ जेष्ठ १८, शुक्रबार
  • nepaltale.com

डेंगु संक्रमण यो वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेंगु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यो वर्ष डेंगुको सङ्क्रमण तीव्ररूपमा फैलिएको बताए। उनका अनुसार जनवरीयता एक हजार सात संक्रमित भेटिएका छन्।

नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो। सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन् २०२२ मा ५४ हजार ७८४ र सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु पुष्टि भएको थियो। महाशाखाका अनुसार सन् २०२२ मा नेपालमा डेंगुबाट ८८ र सन् २०२३ मा २० जनाको मृत्यु भयो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। डा. दाहालले डेंगु नियन्त्रणमा शिक्षा, खानेपानी, वन, स्थानीय, विभिन्न सङ्घ संस्थाको भूमिका हुने बताए।

उनले डेंगुको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरसफाइमा ध्यान दिनुपर्ने उनले बताए। डेंगुको जोखिम हुने जिल्लाको पहिचान गरेर लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको जानकारी पनि उनले दिए।