काठमाडौं । नेपाल एक खेलअगावै हङकङमा जारी द हङकङ सिक्सेस प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ ।
समूह बी अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अष्ट्रेलियासंग पराजित भएसंगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड अष्ट्रेलियासँग ३३ रनले पराजित भएको हो ।
अष्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले निर्धारित ६ ओभरमा ११३ रन मात्र बनाउन सक्यो ।
यसअघि नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।