एएफसी एसियन कप छनोट: नेपाल लाओससँग पराजित

  • प्रकाशित मिति : २०८२ जेष्ठ २७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा नेपाल लाओसँग पराजित भएको छ । लाओसको न्यु लाओस स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा एक र दोस्रो हाफको सुरुआतमा एकएक गोल खाएको नेपालले दोस्रो हाफको मध्येतिर एक गोल मात्र फर्काउन सक्यो ।
लाओसले खेलको १३औं मिनेटमा गोल गर्दै पहिलो अग्रता ल्याएको थियो ।



पुनः खेलको ४९औं मिनेटमा गोल गर्दै लाओसले अग्रतालाई दोब्बर बनायो । नेपालका लागि मनिष डागीले खेलको ७३ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काएका हुन् ।