काठमाडौं। नेपाली र्यापर लाउरे र उनको ब्याड कम्पनीले यही साउन ३ गते काठमाडौंको ठमेलस्थित ओम्निया द क्लबमा लाइभ प्रस्तुति दिने भएको छ।
फ्रेश लिंकअप टिमको आयोजनामा र स्कोप इभेन्ट्सको सहकार्यमा आयोजना हुने सो विशेष म्युजिकल नाइटलाई एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रस्तुत गर्नेछ। कार्यक्रमलाई टुबोर्ग, ओप्पो नेपालका लगायत विभिन्न ब्रान्डहरूले पनि समर्थन गरेका छन्।
सांगीतिक साँझमा लाउरे र ब्याड कम्पनीको प्रस्तुति मात्र नभई डिजे प्रज्वलको धमाकेदार सेट र कालिछा ब्याण्डको विशेष प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ। आयोजकले कार्यक्रम संगीतप्रेमीहरूका लागि नयाँ ऊर्जासहितको अविस्मरणीय अनुभव बन्ने जनाएको छ ।