महोत्तरी । नेपाली सेनाका मध्यपृतनापतिलाई कोरोना भाइरस संक्रमण भएपछि यहाँको ब्यारके सिल गरिएको छ । बर्दिवास नगरपालिकामा रहेको पृतनामा करिब २ हजार सेना छन् । पृतनापतिलाई कोरोना देखिएपछि ब्यारेक आइतबारदेखि सिल गरिएको हो ।
पृतनापतिलाई उपचारका लागि सशस्त्र प्रहरीको काठमाडौं बलम्बुस्थित आइसोलेशनमा पठाइएको छ । उहाँलाई शनिबार सेनाकै गाडिमा पठाइएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभएको छ ।