नागढुंगामा शुक्रबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। हामीले दुर्व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिएका छौं। आवश्यक कारबाही हुन्छ, एसएसपी ज्ञवालीले भने।
गत शुक्रवार अत्यावश्यक कामले काठमाडौं आएका कार्की माथि नागढुंगामा केही युवाले गाडी रोकेर दुर्व्यवहार गरेका थिए।
गाडीको पास मात्र होइन, उनीहरुले कार्कीले गाडीमा बोकेको झोला समेत खोलेर हेरेका थिए। गृह मन्त्रालयले कार्कीको माथिको हर्कतलाई गौरकानुनी भनेको छ।