सुशासनको कुरा आउँदा पुरानो युगका चाणक्यलाई सबैभन्दा पहिला सम्झिने गरिन्छ । राज्य सञ्चालन गर्दा धेरै महत्वपूर्ण मानिने चाणक्यको सुशासन आजको समयमा आएर त्यतिनै महत्वपूर्ण छ ।
हरेक पटक भाषण गर्दा हाम्रा नेता, मन्त्री मुख्यामन्त्री र प्रधानमन्त्री यो शब्द भन्न छुटाँदैनन् । आखिर सुशासन के हो त ? सबैले बुझ्ने भाषामा भन्नु पर्दा सुशासन भनेको नीति, नियम र नैतिक मान्यतालाई अवलम्बन गरी संचालन गर्ने असल शासन भनेर बुझिन्छ ।
सरकारी, गैरसरकारी, कर्पोरेट हाउस, पब्लिक र प्राइभेट सबै संस्थाहरुमा व्यवस्थापन र नेतृत्वको सबैभन्दा महत्वपूर्ण हिस्सा भनेकै सुशासन हो । सुशासनले देशको आर्थिक, सामाजिक, राजनितिक र कुटनितिक क्षेत्रमा सुधार गर्नुका साथै विभेदमुक्त सेवाको प्रवद्र्धन गर्छ ।
कुनै पनि संस्थामा सुशासन कायम भएमा उक्त संस्थाको उत्पादकत्व बढ्नुका साथै सेवाग्राहीहरुले छिटो छरितो र गुणस्तरीय सेवा प्राप्त गर्दछन् । चाणक्यले सुशासन कायम गर्न दिएका उपदेशमा १२ वटा चर्चित भनाई छन् । ती भनाई हामीले तपाईका लागि पस्किएका छौँ ।
–ज्ञान भन्दा ठूलो अर्को कुनै गुरू हुँदैन ।
–गुरू, मूर्ख, मित्र र स्वजनहरूसित बुद्धिमान व्यक्तिले व्यर्थ विवाद गर्नुहुदैन ।
–जो आरूको कल्याणको लागि काम गर्छ त्यही सत्पुरूष हो ।
–चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसै गरी सज्जनले प्राणामाथी दया गर्नुपर्दछ ।
–भोको भए पनि बाघले घास खादैन ।
–अधिक लोभ अधिपतनको कारण हो ।
–आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।
–धनरहीत हुदैमा कसैलाई पनि निर्धन मान्न सकिदैन ।
–अपमान सहेर बाँच्नुभन्दा पैतलाको धुलो उत्तम हुन्छ ।
–सुन्दर रूप, तरूण अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।
–मानिस असल गुणले उत्तम हुन्छ न की उच्च आसनमा बसेर, महलको छानामा बस्दैमा काग गरूढ बन्छ र ?
–आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।