मंगलबार नेपाली बजारमा सुनको मूल्य तीव्र रूपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ३९ हजार ५ सय रुपैयाँमा झरेको छ । सोमबार सुनको कारोबार २ लाख ४३ हजार ३ सय रुपैयाँमा भएको थियो ।
पछिल्ला छ दिनमा मात्रै सुनको मूल्य करिब ११ हजार रुपैयाँले घटेको महासंघले जनाएको छ । कात्तिक २७ गते प्रतितोला २ लाख ५० हजार २ सयमा कारोबार भएको सुन असोज ३१ गते हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ । अघिल्लो दिन ३ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३०९० रुपैयाँमा झरेको छ, अर्थात् ६५ रुपैयाँले कमी आएको छ । असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको थियो ।