काठमाडौँ। गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।
बुधबार सचिवस्तरीय निर्णयबाट १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको हो।
उनीहरूलाई गृह मन्त्रालय वा सो अन्तर्गतका नियकाहरुमा पदस्थापन गरिएको छ ।

