लकडाउन बढाउन उच्चस्तरीय समितिको सिफारिस, केही समयपछि निर्णय हुने

  • प्रकाशित मिति : २०७७ जेष्ठ ४, आईतवार
  • nepaltale.com

कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको समयावधी बढाउन सरकारलाई सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कोरोनाको जोखिम बढिरहेको निष्कर्ष निकाल्दै लकडाउन बढाउन सिफारिस गरेको हो।

यद्धपी कति समय लकडाउन बढाउन सिफारिस भयो भन्नेबारे खुलाईएको छैन। बैठकमा भारत तथा तेस्रो मुलकबाट प्रत्येक दिन ६ हजार जनाका दरले नेपालीको उद्धार गर्ने प्रस्ताव आएको छ।

अब अहिले केही बेरमा बालुवाटारमा बस्ने क्याबिनेट बैठकले लकडाउनबारे निर्णय गर्ने छ।

सरकारले पछिल्लो समय जारी गरेको लकडाउन भोलि (जेठ ५ ) सकिदै छ। नेपालमा हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने २९१ संक्रमित छन्