झापा गाउँपालिकामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गर्‍यो

  • प्रकाशित मिति : २०७७ जेष्ठ ४, आईतवार
  • nepaltale.com

झापाको झापा गाउँपालिका १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको खुलेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दशगजा भन्दा ५० मिटर भित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको छ ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले विगत सात वर्षदेखि भारतीय एसएसबीले सो जग्गामा नेपालीलाई भोगचलन गर्न नदिएको बताएका छन ।