समसामयिक परिस्थितिबारे छलफल गर्न मुख्यसचिव अर्यालको नेतृत्वमा उच्चस्तरीय बैठक बस्दै

  • प्रकाशित मिति : २०८२ भाद्र २५, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आज दिउँसो साढे १२ बजे भर्चुअल बैठक बस्ने भएको छ ।

हालैको जेनजी आन्दोलनपछि प्रशासनिक संरचना र अत्यावश्यक सेवामा परेको असरलाई तत्काल सुचारु गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो ।



बैठकमा सेवा सञ्चालनका लागि आवश्यक निर्णय लिने साथै समसामयिक परिस्थितिबारे गहन छलफल हुने स्रोतले बताएको छ ।