तयारी नभएका टुक्रे आयोजना खारेज, फजुल खर्च घटाउँछौँ: नवनियुक्त अर्थमन्त्री

  • प्रकाशित मिति : २०८२ भाद्र ३०, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

उनले भने, ‘पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडी बढाउँदैनौँ । तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ । फजुल खर्च मूल्याङ्कन गरेर काम गर्छौँ ।’



आफूहरूले आयोग मार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको उनले बताए ।

अर्थ मन्त्रालय परिसरमा रहेको भंग्नावशेश तुरुन्तै हटाउने समेत उनले जानकारी दिए । हामी खरानीबाट जाग्यौँ है भने सन्देश अर्थ मन्त्रालयबाट नै दिने समेत अर्थमन्त्री खनालले बताए ।