एसईई पूरक परीक्षामा ८३ हजार ५६४ उत्तीर्ण

  • प्रकाशित मिति : २०८२ आश्विन ११, शनिबार
  • नेपाल टेल संवाददाता

कक्षा १० (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन्।

यस वर्ष पूरक परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ मध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए।



पूरक परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको थियो। गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ पाएका वा अनुपस्थित भएका विद्यार्थीलाई बोर्डले पूरक परीक्षामा सहभागी हुने अवसर दिएको थियो।