नेपालले वेष्ट इन्डिजलाई दियो १ सय ४९ रनको लक्ष्य

  • प्रकाशित मिति : २०८२ आश्विन ११, शनिबार
  • नेपाल टेल संवाददाता

वेष्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले जितका लागि १ सय ४९ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४८ रनको योगफल खडा गरेको हो ।



केहीबेरमा वेष्ट इन्डिजले जवाफी ब्याटिङ गर्नेछ । नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता वेष्ट इन्डिजविरुद्ध खेलिरहेको हो ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, करण केसी र ललित राजवंशी छन् ।