टी-२० सिरिज जितिसकेको नेपाल वेस्ट इन्डिजविरुद्ध ‘क्लिन स्विप’को लक्ष्यमा
Author Image नेपालमञ्च संवाददाता
facebook sharing button twitter sharing button pinterest sharing button email sharing button sms sharing button sharethis sharing button
काठमाडौं : वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपालले एक खेल अगावै जितिसकेको छ। अब नेपाली टोलीको लक्ष्य सिरिज क्लिन स्विप गर्ने हुनेछ।
यसअघि लगातार दुई खेल जितेर सिरिज कब्जा गरेको नेपाल आज युनिटी कपको अन्तिम खेलमा उच्च आत्मविश्वासका साथ मैदान उत्रनेछ। खेल यूएईको सारजाह क्रिकेट मैदानमा राति सवा ८ बजे सुरु हुनेछ।
नेपालले पहिलो खेलमा १९ रनले विजयी हुँदै पूर्ण टेस्ट टोलीविरुद्ध ऐतिहासिक जित दर्ता गरेको थियो। दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८३ रनमै समेट्दै ९० रनको फराकिलो जित निकालेको थियो।
अब नेपाल क्लिन स्विपको प्रयासमा रहँदा दुईपटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिज भने श्रृंखलामा आफ्नो पहिलो जितको खोजीमा हुनेछ।
यस सिरिजपछि नेपाली टोली ओमान प्रस्थान गर्नेछ। त्यहाँ अर्को सातादेखि सुरु हुने आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटमा सहभागी हुने कार्यक्रम छ। नेपालले वेस्ट इन्डिजविरुद्धको यो सिरिजलाई सो तयारीकै रूपमा उपयोग गरिरहेको छ।