नेपालीहरूको महान चाड बडादशैंको मुख्य दिन विजयादशमी आज श्रद्धा र उल्लाससहित मनाइँदैछ । यस दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत बिहान ११ः५३ बजे निर्धारण गरिएको छ। टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र टीका लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने परम्परा छ।
समितिका अनुसार आज बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। विसर्जनपछि दिनभर दुर्गाको प्रसाद ग्रहण गर्न कुनै रोकटोक नहुने भए पनि शुभ साइत खोज्नेका लागि बिहान ११ः५३ बजेलाई उत्तम समय मानिएको छ।