मौसम सुधारसँगै त्रिभुवन विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित

  • प्रकाशित मिति : २०८२ आश्विन १९, आईतवार
  • नेपाल टेल संवाददाता

हेटौंडा । मौसममा सुधार आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।

प्रवक्ता रेन्जी शेर्पाका अनुसार उडान सेवा सामान्य रूपमा सुचारु तथा नियमित रहेको हो । हाल पोखरा, भैरहवा, भरतपुर, विराटनगर, भद्रपुर र जनकपुर लगायतका गन्तव्यहरूमा जहाज उडान तथा अवतरण भइरहेको छ।



अन्तर्राष्ट्रियतर्फ हिजो राति भने केही जहाज डाइभर्ट भएका थिए । खराब मौसमका कारण पाँचवटा जहाज डाइभर्ट भएकोमा नेपाल एयरलाइन्सको नारिताबाहेकको सबै जहाज ल्याण्ड भइसकेका छन् ।