सन्दीपको २ सय ५० औं अन्तर्राष्ट्रिय विकेट

  • प्रकाशित मिति : २०८२ आश्विन २८, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछानेले अन्तराष्ट्रिय क्रिकेटमा‌ २ सय ५० बिकेटको सफलता प्राप्त गरेका छन्।

आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा कतार विरूद्धको दोस्रो विकेट लिएसँगै आफ्नो २ सय ५० औं विकेट पूरा गरेका छन्। उनले ओपनर लियानागेलाई बोल्ड आउट गरेसँगै यो सफलता प्राप्त गरेका हुन्।



टि-ट्वान्टी आईमा भने उनको यो १ सय २३ औं विकेट हो।ओडिआईमा उनले १ सय २७ विकेट लिएका छन्। टि-ट्वान्टी आईमा उनले उत्कृष्ट बलिङ पपुवान्युगिनी विरूद्ध ९ विकेट दिएर ५ विकेट लिनु हो।

उनले जारी खेलमा मुहम्मद असिमलाई पनि आउट गरेका छन्। यो सँगै उनले विकेट सङ्ख्या २ सय ५१ पुर्याएका छन्।