आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गत सामाओसँगको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्।
उनको यो टी-२० अन्तर्राष्ट्रियमा १०औँ अर्धशतक हो।
आसिफले ३१ बलमा ६ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।
उनले यसअघि ६७ खेलमा ६६ इनिङ्स खेल्दै ९ वटा अर्धशतक प्रहार गरेका थिए।
उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ६३ रनको साझेदारी गरेका थिए।