ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफक क्षेत्र छनोटको अन्तिम खेलमा नेपालका अलराउन्डर ब्याटर दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन्।
उनको यो १० औँ टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो। उनले ८७ खेलमा ७७ इनिङ्समा ९ वटा अर्धशतक प्रहार गरेका थिए।
उनले ३१ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
अर्धशतक पूरा गर्नसाथ दीपेन्द्र ५३ रनमा क्याच आउट भए।