युएईमा हुने लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा

  • प्रकाशित मिति : २०८२ कार्तिक २, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । युएईमा हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

युएई र अमेरिकासँगको सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।



टी–२० विश्वकप छनोट खेल्ने टोलीमा रहेका आदिल आलम, सन्दीप जोरा र लोकेश बम लिग–२ सिरिजमा परेका छैनन् ।

उनीहरुको ठाउँमा भीम सार्की, अनिल शाह र शाहब आलम टोलीमा समेटिएका छन् । लिग–२ को सिरिज अक्टुबर २६ देखि नोभेम्बर ५ सम्म हुनेछ ।