बारामा फेला परेका कोरोना संक्रमित स्थानिय एफएममा पत्रकार रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बाराको करैयामाई–५ निवासी ३८ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
ती ३८ वर्षीय पुरुष कलैयास्थित संस्कार एफएममा कार्यरत रहेका थिए । योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित पत्रकारको संख्या ४ पुगेको छ । यसअघि पर्सामा दुई तथा धनुषामा १ जना पत्रकारमा कोरोनाभाइरस संक्रमणको पुष्टि भइसेको छ ।