भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वरको मन्दिर विहानैदेखि खुला

  • प्रकाशित मिति : २०८२ कार्तिक ६, बिहीबार
  • नेपाल टेल संवाददाता

भाइटीकाको अवसरमा काठमाडौंको ऐतिहासिक रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर आज विहानैदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । दिदीबहिनी नहुने दाजुभाइहरूले आजको दिन यस मन्दिरमा पुगेर पूजा, दर्शन गरी टीका लगाउने परम्परा रहेको छ ।

बालगोपालेश्वर मन्दिर वर्षभर बन्द रहने तर भाइटीकाको दिन मात्रै खोलिने धार्मिक परम्परा छ । विहानदेखि नै भक्तजनको भीड मन्दिर परिसरमा देखिएको छ । आज दिनभर मन्दिर खुला रहने र दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।



यस्तै, काठमाडौंको जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा गरी भाइटीका ग्रहण गर्ने चलन रहेको छ । यी दुवै मन्दिरमा दिदीबहिनी नहुनेका लागि भाइटीका पर्वको विशेष धार्मिक महत्व रहेको विश्वास गरिन्छ ।