स्टुडियोमा आत्मदाह प्रयास : गायिका नितुको मृत्यु

  • प्रकाशित मिति : २०८२ कार्तिक ७, शुक्रबार
  • नेपाल टेल संवाददाता

शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो ।

“कीर्तिपुर वर्न हस्पिटलमा आज बिहान ८:२० बजे मृत्यु भएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन भट्टराईले जानकारी दिए ।



शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।

उनले १२ दिनअगाडि आफ्नो फेसबुक पेजमा निराशाजनक स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, “हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?”