बंगालको खाडीनजिक शक्तिशाली चक्रवात, नेपालमा पनि वर्षा र हिमपात हुने

  • प्रकाशित मिति : २०७७ जेष्ठ ५, सोमबार
  • nepaltale.com

बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनिरहेको छ। भारतीय मौसम विभागका अनुसार अंपुन नाम दिइएको उक्त चक्रवातका कारण अबको केही घन्टापछि आँधी र भारी वर्षा हुने सम्भावना छ।

अहिले उक्त चक्रवात १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको छ। यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तरपूर्वतिर जाने जनाइएको छ।

चक्रवातका कारण आउने आँधी र भारी वर्षाबाट बच्न ती दुई राज्यमा उच्च सतर्कता अपनाइएको छ। यो चक्रवातको प्रभाव मे २१ सम्म रहनेछ।