घरेलु मैदानमा भारत नेपालसँग पराजित

  • प्रकाशित मिति : २०८२ कार्तिक ११, मंगलवार
  • नेपाल टेल संवाददाता

भारतमा जारी ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोल अन्तरले जित निकालेको हो ।



नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गरिन् । साम्बाले खेलको दोस्रो र ६३औ मिनेटमा गोल गरिन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्कायो ।