नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी पूर्व खेलाडी हरि खड्काले पाएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी नोभेम्बरमा हुने एएफसी एसियन कप छनोटको खेलको लागि हरि खड्कालाई प्रमुख प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो।
बिहीबार राष्ट्रिय टिमको जिम्मेवारी सम्हालिरहेका म्याट रसले राजीनामा दिएपछि रिक्त प्रमुख प्रशिक्षकको पदमा हरि खड्का नियुक्त भएका हुन्।
हरि खड्का हाल एन्फामा ‘टेक्निकल डाइरेक्टर’(प्राविधिक निर्देशक)को रूपमा कार्यरत रहेका छन्।