निरन्तर उकालो लागेको सुनको मूल्यमा सामान्य गिरावट

  • प्रकाशित मिति : २०८२ कार्तिक २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । बिहीबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । तोला सुनको मोल ५०० रुपैँयाले घटेको छ भने यस्तै चाँदी पनि तोलामा ६० रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४९ हजार ७०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार २८५ मा कारोबार भइरहेको छ ।



बिहीबार एक तोला सुन दुई लाख ५० हजार २०० र चाँदी तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।