सुनको मूल्यमा सामान्य गिरावटः तोलामा चार हजार ३०० ले घट्यो, चाँदीको मूल्य कति ?

  • प्रकाशित मिति : २०८२ चैत्र २६, बिहीबार
  • नेपाल टेल संवाददाता

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला चार हजार ३०० र चाँदी तोलामा १५० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८७५ कायम भएको छ ।



हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २५ कायम भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।