एकैदिन तोलामा ६ हजार ९ सय घट्यो सुनको मूल्य

  • प्रकाशित मिति : २०८२ कार्तिक ३०, आईतवार
  • नेपाल टेल संवाददाता

आइतबार नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ, जो अघिल्लो दिनको २ लाख ४९ हजार ७ सय रुपैयाँभन्दा कम हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्यमा आएको गिरावटको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ। यसअघि असोज ३१ गते नेपालमा सुनको मूल्य हालसम्मकै उच्च स्तर प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो।



चाँदीको भाउ पनि आइतबार घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी आइतबार ३ हजार १३५ रुपैयाँमा झरेको छ। असोज ३१ गते नै चाँदी हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ प्रतितोला पुगेको रेकर्ड छ।