नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

  • प्रकाशित मिति : २०८२ मंसिर १, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ। आइतबार साँझ कार्कीलाई पक्राउ गरिएको हाे।

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौतामा अनियमितता भएको आशङ्कामा सीआईबीले अनुसन्धान थालेको छ। सोही प्रकरणमा यसअघि तत्कालीन सचिव लेखबहादुर कार्की पनि पक्राउ परिसकेका थिए।



नेपाल ट्रस्टका नाममा दर्ता रहेको काठमाडौंको मूल्यवान् जग्गा बद्नीयतपूर्वक हानिनोक्सानी हुने गरी भाडामा दिएको प्रारम्भिक औंल्याइएका तथ्यपछि यसबारे थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।