दुबई एयर शोमा भारतीय विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

  • प्रकाशित मिति : २०८२ मंसिर ६, शनिबार
  • नेपाल टेल संवाददाता

दुबई एयर शोमा प्रदर्शनको क्रममा शुक्रबार एक भारतीय विमान दुर्घटनाग्रस्त बनेको छ । जसमा पाइलटको मृत्यु भएको छ ।

भारतीय एचएएल तेजस लडाकु विमान स्थानीय समय अनुसार दिउँसो २ः१० बजे प्रदर्शन उडान गर्ने क्रममा दुर्घटनाग्रस्त बनेको थियो ।



भारतीय वायुसेनाले एक विज्ञप्ति जारी गर्दै घट्ना पुष्टि गरेको छ । ‘जीवनको क्षतिमा गहिरो दुःख व्यक्त गर्दछ र शोकको यस समयमा शोकसन्तप्त परिवारसँग दृढतापूर्वक उभिएका छौं, विज्ञप्तिमा भनिएको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन अदालत अफ इन्क्वायरी गठन गरिएको छ, विज्ञप्तिमा थपिएको छ।