प्रतिनिधि सभा निर्वाचन वैशाखमा सरे पनि स्वाभाविक: विश्वप्रकाश शर्मा

  • प्रकाशित मिति : २०८२ मंसिर २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको मिति वैशाखसम्म सारिए पनि त्यसलाई स्वाभाविक रूपमा स्वीकार गर्न सकिने बताएका छन्।

शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भनेका छन्, ‘ जेन–जी समूहलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण बनाउन र हिमाली क्षेत्रमा समेत सहजता पुर्‍याउन आवश्यक परे निर्वाचन वैशाखमा सारिनु स्वाभाविक हुन्छ। सहमति र सहकार्यले आगामी यात्रालाई सहज बनाउनु सबैको साझा दायित्व हो।’



उनले जेन–जी समूहसँग सरकारले गरेको सहमति स्वागतयोग्य भए पनि त्यस प्रक्रियामा राजनीतिक दलहरूलाई समावेश नगरिएकोप्रति असन्तुष्टि व्यक्त गरे। साथै, सहमतिको कार्यान्वयनमा फागुन २१ को मिति बाधक बन्न नहुने उनको सुझाव छ।