प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता हुने दल ४० पुग्यो, राष्ट्रिय सभामा ८ दल दर्ता

  • प्रकाशित मिति : २०८२ मंसिर ६, शनिबार
  • नेपाल टेल संवाददाता

आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने राजनीतिक दलको संख्या ४० पुगेको छ। निर्वाचन आयोगका अनुसार बिहीबारसम्म ३३ दल दर्ता भएका थिए भने शुक्रबार थप सात दल दर्ता भएपछि कुल संख्या ४० पुगेको हो।

 



शुक्रबार दर्ता भएका दलमा—

 

-रुक्मिणी चौधरी नेतृत्वको संघीय नेपाल पार्टी

 

-डा. सिके राउत नेतृत्वको जनमत पार्टी

 

-दिनेशराज प्रसाई नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी

 

-कृष्णकुमार राई नेतृत्वको नेपाली जनश्रमदान संस्कृति पार्टी

 

-कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल

 

-भूपी राई नेतृत्वको राष्ट्रिय साझा पार्टी

 

-रमेश नाल्भो नेतृत्वको परिवर्तन पार्टी

 

समेत छन्। यी सबै दलहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन दर्ता गराएका हुन्।

 

दर्ता प्रक्रियाः पाँच दिनमा ४० दल

आयोगका अनुसार—

 

-मंसिर १ गते १२ दल

 

-मंसिर २ गते ५ दल

 

-मंसिर ३ र ४ गते ८–८ दल

 

-मंसिर ५ गते ७ दल

 

गरि पाँच दिनमै ४० दल दर्ता भएका छन्।

प्रतिनिधि सभामा भाग लिन दलहरूले मंसिर १० गतेसम्म दर्ता गराइसक्नुपर्नेछ।

 

राष्ट्रिय सभा निर्वाचनः दर्ता हुने दल ८

आगामी माघ ११ गते तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि दर्ता हुने दलको संख्या ८ पुगेको छ।

शुक्रबार डा. सिके राउत नेतृत्वको जनमत पार्टी र कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता भएसँगै कुल संख्या आठ पुगेको हो।

 

निर्वाचन आयोगका अनुसार—

 

-मंसिर १ गते ३ दल

 

-मंसिर २ गते १ दल

 

-मंसिर ३ गते २ दल

 

-मंसिर ५ गते २ दल

 

दर्ता भएका छन् भने मंसिर ४ गते कुनै पनि दल दर्ता भएको छैन।

 

आगामी निर्वाचनमा दलहरूको सक्रियता बढेसँगै प्रत्यक्ष प्रतिस्पर्धामा सहभागी राजनीतिक शक्ति विस्तार हुँदै गएको आयोगले जनाएको छ।