नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्शल जयन्त पाठकलाई नियुक्त गरेको छ।
क्यानले पहिलोपटक महिला टोलीका लागि विदेशी प्रशिक्षक भित्र्याएको हो । भारतीय प्रशिक्षक पाठकले यसअघि थाइल्यान्डको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) को लेभल-बी प्रशिक्षक हुन् ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टिम हाल आइसिसी वुमन्स टी-२० विश्व छनोटको तयारीमा छ। त्यसका लागि नेपाली टोलीले बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेको छ।
विश्व छनोट आगामी जनावरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ।