के छ अनुग्रह गोल्ड हाउसको क्रिसमस र नयाँ वर्ष विशेष अफर ?

  • प्रकाशित मिति : २०८२ पुष ८, मंगलवार
  • नेपाल टेल संवाददाता

लन्डन । यूकेको अल्डरसटस्थित भरपर्दो र विश्वासिलो सुनचाँदी पसल अनुग्रह गोल्ड हाउसले क्रिसमस तथा नयाँ वर्षको अवसरमा विशेष अफर ल्याएको छ ।

वर्षौंदेखि ग्राहक सेवामा समर्पित रहेको यस पसलले चाडपर्वलाई लक्षित गर्दै आकर्षक छुट तथा उपहार योजना ल्याएको हो । अफरअन्तर्गत सुनका गरगहनामा मेकिङ चार्जमा २५ प्रतिशत छुट प्रदान गरिनेछ ।



यस्तै, चाँदीका गरगहना तथा सामग्री मेकिङ चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसका साथै हरेक खरिदमा ग्राहकले २५ पाउन्ड बराबरको गिफ्ट भाउचर तथा सरप्राइज गिफ्ट प्राप्त गर्नेछन् ।

अनुग्रह गोल्ड हाउसका अनुसार यो अफर ६ जनवरी २०२६ सम्म लागू हुनेछ । चाडपर्वको अवसरमा सुनचाँदीका गरगहना उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यले अफर ल्याइएको पसलले जनाएको छ ।

यस अवसरको सदुपयोग गर्नसमेत अनुग्रह गोल्ड हाउसले ग्राहकहरूमा अनुरोध गरेको छ ।