गगन-विश्वप्रकाशद्वारा कांग्रेसको नियमित महाधिवेशन स्थगनको घोषणा, विशेष महाधिवेशन आह्वान

  • प्रकाशित मिति : २०८२ पुष १७, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको घोषित महाधिवेशन स्थगन भएको बताएका छन् । अब विशेष महाधिवेशनमा जाने उनीहरूको भनाइ छ ।

महामन्त्रीद्वयले एक विज्ञप्ति जारी गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको मागलाई सम्बोधन गर्ने पहिलो विकल्प नियमित महाधिवेशन भए पनि त्यो हुन नसकेको बताएका छन् ।

नियमित महाधिवेशन निर्धारित समयमा सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि विशेष महाधिवेशन नै अघि आएको विज्ञप्तिमा उल्लेख छ ।



पार्टी विधानको दफा १७ २ अनुसार विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको उल्लेख गर्दै सो अन्तरगतका कामहरू सम्भव भएसम्म कार्यसम्मतिले अगाडि बढाइने उल्लेख गरिएको छ ।