प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसूचीमा परेकी गायिका तथा चिकित्सक डा.त्रिशला गुरुङले उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेकी छन् । उनी उज्यालो नेपाल पार्टीको कोटाबाट आदिवासी जनजाति महिलाकाे क्लस्टरमा समावेश थिइन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिनु सम्मान र जिम्मेवारीको विषय भएको उल्लेख गरेकी छन् । तर, गहन आत्ममूल्यांकनपछि राजनीतिक उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेको उनकाे भनाइ छ ।
गुरुङका अनुसार यो निर्णय कुनै असन्तुष्टि वा अस्वीकार होइन, बरु आफ्नो पेशागत जिम्मेवारीप्रतिको प्रतिबद्धता र दीर्घकालीन सामाजिक योगदानको मार्ग रोजाइ हो ।