भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको छानबिनका लागि बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ ।
जाँचबुझ आयोग स्रोतका अनुसार आइतबार आयोगले उनको स्टेटमेन्ट लिएको हो । आयोगको टोली गुण्डुस्थित ओली निवास पुगेर बयान लिएको हो ।
आयोगको टोलीले आजै उनलाई पत्र काटेको थियो । पत्र बुझेपछि ओली आफ्नो भनाई राख्न तयार भएका हुन् । ओलीले लिखित रुपमा नै आफ्नो दृष्टिकोण र जवाफ दिएका हुन् ।
यसअघि ओलीले आयोगलाई बयान दिन नजाने बताउँदै आएका थिए ।