केपी ओलीको स्थान हद फुकुवा

  • प्रकाशित मिति : २०८२ पुष २१, सोमबार
  • नेपाल टेल संवाददाता

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका ओलीमाथि उच्चस्तरीय जाँचबुझ आयोगले यसअघि स्थान हद लगाएको थियो।

आयोगका प्रवक्ता तथा पूर्वएआईजी विज्ञानराज शर्माका अनुसार सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो। ओलीमाथि गत असोज १२ गते आयोगको बैठकले विदेश भ्रमणमा रोक लगाउने र उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो।



जेनजी आन्दोलनको सन्दर्भमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीबारे सोधपुछको प्रक्रिया पूरा भइसकेको, त्यसैले स्थान हदको औचित्य समाप्त भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।