लन्डन । साझा नेपाली समाज यूकेको आठौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
५ जनवरी २०२५ मा उल्भरह्याम्टनमा भएको समाजको अधिवेशनबाट नारायण फुँयाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिए ।
कृष्ण शर्माको नेतृत्वमा शंकर भण्डारी र डिलाराम गौतम रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको थियो। समिति संयोजक शर्माले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ खुवाएका थिए ।
समाजका निवर्तमान अध्यक्ष दीपक सापकोटाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सबैप्रति धन्यवाद पनि व्यक्त गरे।
नयाँ कार्यसमिति यस प्रकार छन्
अध्यक्ष- नारायण फुँयाल
उपाध्यक्ष – शिव खरेल
उपाध्यक्ष- सुरेश केसी
उपाध्यक्ष – गणेश सापकोटा
महा साचिव – शशांक शर्मा
साचिब- गोविन्द सापकोटा
कोषाध्यक्ष- उपेन्द्र सापकोटा
सहकोषाध्यक्ष- दिनेश ढकाल
सदस्यहरू
ईश्वर रिजाल
राहुल सापकोटा
रेवती रमण पाण्डे
निशान्तमान बज्राचार्य
दशरथ खरेल
लक्ष्मी सुवेदी