उपत्यकामा डाक्टरलाई पनि देखियो कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ जेष्ठ ६, मंगलवार
  • nepaltale.com

आज उपत्यकामा देखिएका ५ संक्रमितमध्ये एक जना स्वास्थ्य सेवा विभागमा कार्यरत करारका चिकित्सक भएको बताइएको छ।
आज उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो। जसमध्ये ललितपुरका भनिएको संक्रमित स्वास्थ्य सेवा विभाग अन्तर्गत करारका चिकित्सक रहेको पाइएको छ ।

ललितपुरमा देखिएका कोरोना संक्रमित स्वास्थ्य विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य चिकित्सक रहेको स्रोतले जानकारी दियो।

आज लिलतपुरमा १, भक्तपुरमा १ र काठमाडौंमा ३ जनामा कोरोना संक्रमण देखिएको थियो।

नेपालमा डाक्टरमा कोरोना संक्रमण देखिएको सम्भवत यो नै पहिलो हो। यसअघि धनकुटामा कार्यरत एक नर्स, वीरगञ्ज नारायणी अस्पतालमा कार्यरत एक नर्स र तौलिहवा अस्पतालमा कार्यत एक नर्स गरी तीन जना नर्समा कोरोना संक्रमण देखिएको थियो।