टी–२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

  • प्रकाशित मिति : २०८२ पुष २९, मंगलवार
  • नेपाल टेल संवाददाता

आगामी फेब्रुअरी ७ बाट सुरु हुने आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपअघि नेपालले खेल्ने अभ्यास खेलहरूको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले जनवरी २०, २२ र २४ मा श्रीलंका ‘ए’ टोलीसँग तीन अभ्यास खेल खेल्नेछ।



श्रीलंकाको अभ्यासपछि नेपाली टोली भारत जानेछ। भारतमा नेपालले जनवरी २९ र ३१ मा दुई अभ्यास खेल खेल्ने क्यानले जनाएको छ।

यी अभ्यास खेलहरूलाई विश्वकपअघि टोलीको तयारी मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।