लुटिएको बैंकको घरधनीका जेठान पक्राउ

  • प्रकाशित मिति : २०८२ माघ १, बिहीबार
  • नेपाल टेल संवाददाता

सिन्धुली घ्याङ्लेखस्थित एसबीआई बैंक लुटपाटमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्ने त्यहीँका बासिन्दा चतुरमान बैज्यु हुन् । उनी बैंक लुटपाटका मुख्य योजनाकार रहेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।



बैंक रहेको घरका धनी छविलाल स्याङ्ताङ पहिल्यै पक्राउ परेका थिए । चतुरमान घरधनीका जेठान हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय खुर्कोट र रातमाटा प्रहरी चौकीको संयुक्त चेकिङले नियन्त्रणमा लिएको हो ।

उक्त घटनामा प्रहरीले हालसम्म २ जना स्थानीय, १ चालक गरी ५ जना लुटेरा पक्राउ गरिसकेको छ । थप २ जना फरार छन् ।