सर्वोच्च गएनन् शेखर समूहका नेता, छुट्टै रणनीति बनाउँदै

  • प्रकाशित मिति : २०८२ माघ ४, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेस नेता डा‍‍. शेखर कोइराला र उनीनिकटका नेताहरू सर्वोच्च अदालत गएका छैनन्।

देउवा पक्षका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित विमलेन्द्र निधि, मीनबहादुर विश्वकर्मालगायत नेताहरू रिट लिएर सर्वोच्च पुगेकामा शेखर पक्ष देखिएनन् ।



निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै देउवा पक्षका नेताहरुले आयोगको निर्णय खारेजको माग गर्दै रिट दिएका छन् ।

तर कोइराला पक्षले अदालत नगई आफू निकटका नेताहरुलाई छुटै भेला बोलाएका छन् । कोइरालाले पछिल्लो परिस्थितिबारे छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । डा.कोइरालाले दिउँसो १ बजे छलफलका बोलाएका हुन् ।

कोइलाले हिजो बिहान आफूनिकटका नेताहरूसँगको छलफलमा नेता कोइरालाले आफूहरू विपक्षमा उभिएको भएकाले अदालतबाटै न्याय खोज्ने बताएका थिए ।

आज उनीसहितको नेताहरुको उपस्थिति अदालतमा देखिएन । शुक्रबार देउवा पक्षले सानेपामा बाेलाएको बैठकमा पनि काेइराला सहभागी थिएनन् ।