धनकुटामा थप पाँच जनालाई कोरोना संक्रमण देखिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार गरिएको परिक्षणमा तीन स्वास्थ्यकर्मी, एक स्वास्थ्यकर्मीका श्रीमान् र एक प्रहरी गरी ५ जनामा संक्रमण पुष्टी भएको हो । उनीहरुको उमेर २८ देखि ३७ वर्षसम्मको छ ।
स्वाबको नमुना लिइएपछि नै उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले जानकारी दिए ।