सुनचाँदीको भाउ बढ्यो

  • प्रकाशित मिति : २०८२ फाल्गुन १४, बिहीबार
  • नेपाल टेल संवाददाता

बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।



यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७२५ रुपैयाँ पुगेको छ ।