रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला, सेनाको टोलीद्वारा जाँच

  • प्रकाशित मिति : २०८२ फाल्गुन १८, सोमबार
  • नेपाल टेल संवाददाता

रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याँकीको भित्री सडकमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । स्थानीयले शंकास्पद बस्तु देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार शंकास्पद वस्तु भेटिएको पुष्टि भएको छ । घटनास्थलमा सुरक्षा घेरा कायम गरिएको छ ।



सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर वस्तुको प्रकृति र जोखिमबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।