सर्लाही ४ मा गगन थापा २ हजार मतले पछाडि

  • प्रकाशित मिति : २०८२ फाल्गुन २२, शुक्रबार
  • नेपाल टेल संवाददाता

सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग नेपाली कांग्रेसका सभापति गगन थापा झण्डै २ हजार मतले पछि परेका छन्।

अहिलेसम्म अमरेशले ६२६४ मत ल्याएका छन्।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको ३६७१ मत आएको छ।



अमरेश र गगनबीच दुई हजार पाँच सय त्रियानब्बे मतान्तर छ।

एमालेका उम्मेदवार अमनिशकुमार यादवको ८९४ मत आएको छ।